१.१ पृष्ठभूमि
विहादी गाउँपालिका गण्डकी प्रदेश स्थित पर्वत जिल्लाको दक्षिण भागमा रहेको छ । नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिकाको सिमाना पूर्वमा महाशिला गाउँपालिका र पैँयु गाउँपालिका, पश्चिममा गुल्मि जिल्ला र बाग्लुङ्ग जिल्ला, उत्तरमा बाग्लुङ्ग जिल्ला र फलेवास नगरपालिका तथा दक्षिणमा स्याङ्जा जिल्ला र गुल्मि जिल्ला पर्दछन्। यस गाउँपालिकाको कुल क्षेत्रफल ४४.८ वर्ग कि. मी. रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकामा महिला ५,७१५ र पुरुष ५,११३ गरि जम्मा जनसंख्या १०,८२८ र कुल परिवार संख्या २,७२३ रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार यस गाउँपालिकाको कुल साक्षरता ७९.७ प्रतिशत रहेको छ। यस गाउँपालिका साविकका ६ वटा गा. वि. स. बाच्छा, बर्राचौर, रानीपानी, वहाकीठाँटी, उरामपोखरा, शालिग्राम मिलेर बनेको हो। यस गाउँपालिकाको केन्द्र विहादी गाउँपालिका वडा नं. ४ स्थित वहाकीठाँटीमा रहेको छ। यस गाउँपालिकामा महत्वपुर्ण पर्यटकिय स्थलका रुपमा शालिग्राम शिला, बच्छेश्वर मन्दिर, शिवपुरी धाम, छापाकोट मन्दिर, लुरिङ्गकोट मन्दिर, शितल गुफा, रानिपानि गुफा, भञ्ज्याङ्ग देवि मन्दिर आदि रहेका छन्।
१.२ उद्देश्य
यस अध्ययनका मुख्य उद्देश्यहरु निम्नानुसार छन्। क) वडाभित्र रहेका सेवा सुविधाहरुको बारेमा जानकारी गराउने । ख) वडाका क्षेत्र भित्रको सम्भावना र समस्याहरुको अवगत गराउने । ग) वडाको जनसंख्या तथा विकासात्मक वस्तुस्थिति औँल्याउने । घ) वडाभित्र बसोवास गर्ने मानिसहरुको आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक, तथा पेशागत स्थितिको बारेमा जानकारी गराउने । ब) वडा क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत साधन तथा सीपको पहिचान गरी समष्टिगत विवरण प्रस्तुत गर्ने । च) वडाको वास्तविक र वस्तुगत सूचना संकलन तथा व्यवस्थापनमा सहयोग गर्ने । छ) वडाक्षेत्रको तथ्याड्ढको आधारमा जिल्ला तथा राष्ट्रिय स्तरसम्म सूचना उपलब्ध गराई ब्यवस्थापनमा सहयोग गर्ने । ज) स्थानीय आवश्यकता र स्रोत साधनको विनियोजनको अवस्थाको जानकारी गराउने । झ) वडा स्तरमा सञ्चालित कार्यक्रमको पृष्ठपोषण (Feedback) प्रदान गरी आगामी कार्यक्रमको लागि मार्गनिर्देश गर्न सहयोग पुऱ्याउने । ञ) वडाको भावि योजना तथा कार्यक्रम र नीति निर्माणको कामलाई आधार प्रदान गर्ने ।
१.३ कानुनी तथा नीतिगत आधारहरु
.
१.४ तयारी चरण
.
१.५ वस्तुगत विवरणको सीमाङ्कन
१. संघीय शासन प्रणाली तथा देहायअनुसारका प्रमुख विद्यमान कानूनी तथा नीतिगत व्यवस्थामा आधारित रही र वस्तुगत विवरण तयारी कार्यविधि बमोजिम चरणबद्ध र व्यवस्थित रूपमा वडाले वस्तुगत विवरण तयार गर्नु पर्ने । २. वडाको सवै घरधुरीमा पुगि पारिवारिक तथ्यांक संकलन गर्नु पर्ने । ३. वडास्थित सम्वन्धित कार्यालयवाट संस्थागत तथ्यांक तथा सूचना संकलन गर्नु पर्ने । साथै विभिन्न स्रोहरुवाट द्वितियक सूचना संकलन गर्नु पर्ने । ४. तथ्यांकको प्रशोधन र विश्लेषण विज्ञहरुवाट गरिएको वस्तुगत विवरणको स्तरीयता र गुणस्तर सुनिश्चितताका लागि विज्ञहरूका सुझावहरूलाई समेत ध्यान दिई समावेश गरिनु पर्ने । ५. वस्तुगत विवरणको विद्युतीय प्रति तयार भई सकेपछि सो प्रतिवेदनलाई वडाले सार्वजनिक गरी आवश्यकता अनुसार छाँया प्रति, विद्युतीय वा छापा माध्यमबाट प्रकाशन र प्रसारण गरिनु पर्ने । ६. पारिवारिक तथ्यांक संकलन गर्दा उत्तरदाताहरुवाट सवै प्रश्नहरुका सहि उत्तर प्राप्त कठिन भयो। ७. विशेष गरी आर्थिकसँग जोडिएका प्रश्नहरुमा आफूलाई सकभर कमजोर देखाउनुपर्छ भन्ने उत्तरदाताको भ्रम र उक्त भ्रम चिर्न धेरै मेहेनत गर्नुपर्ने ।