२. वडाको चिनारी
२.१ भौगोलिक स्थान
विहादी गाउँपालिकाको कूल जनसङ्ख्या १०,८२८ रहेको छ । यसको क्षेत्रफल ४४.८० वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको बाहाकी ठाँटी गाविस स्थित भूसालचोकमा राखिएको छ । यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा महाशिला र पैयूं गाउँपालिका, पश्चिममा बागलुङ र गुल्मी जिल्ला, उत्तरमा फलेवास नगरपालिका र बागलुङ जिल्ला तथा दक्षिणमा स्याङ्जा र गुल्मी जिल्लासम्म फैलिएको छ ।

